वन रक्षक तयारी

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

LATEST UPDATE:

latest

लोक सेवा आयोग द्धारा मिति २०७४।०८।२९ मा वन रक्षक पदका लागि सोधिएको ६० प्रश्नहरु र त्यसका उत्तरहरु #loksewaSudurpaschim

  लोक सेवा आयोग द्धारा मिति २०७४।०८।२९ मा वन रक्षक पदका लागि सोधिएको ६० प्रश्नहरु र त्यसका उत्तरहरु #loksewaSudurpaschim #Good Luck All  १.स...

 

लोक सेवा आयोग द्धारा मिति २०७४।०८।२९ मा वन रक्षक पदका लागि सोधिएको ६० प्रश्नहरु र त्यसका उत्तरहरु #loksewaSudurpaschim #Good Luck All 


१.सरकारद्वारा व्यवस्थित वनको वन व्यवस्थापन कार्ययोजना (Operational Forest Mgt Plan) कुन निकायले स्विकृत गर्दछ ?

- वन विभाग

२. घाईते भालुको बच्चा भेटेर कसैले वन रक्षकलाई दिएमा के गर्नुपर्दछ ?

- वन कार्यालयमा बुझाउने

३. नेपाल कहिलेदेखी रामसार महासन्धिको पक्ष राष्ट्र रहँदै आएको छ ?

- अप्रिल १९८७

४. कुन जडिबुटी विदेश निकासीमा प्रतिबन्ध लागेको छ ?

- ओखरको बोक्रा

५.तलका मध्ये धार्मिक वनको संरक्षण तथा व्यवस्थापनको लागि जिम्मेवार मुख्य निकाय कुन हो ?

- मन्दिर संरक्षण समिति

६.वनमा आगो लाग्ने सम्भावना कम गर्न मुख्य गर्नुपर्ने काम के हो ?

- सुकेको पतकर भुईबाट हाउने

7 वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति कुन सालदेखि लागु भएको हो ?

- वि.सं. २०६८

८. कस्तो प्रकृतिको वन डढेलो नेपाली वन जंगलमा बढी लाग्ने गरेको छ ?

- मानव सिर्जित

9.हिरासतमा रहेको थुनुवालाई गर्न नहुने काम के हो ?

- कुटपिट गर्ने

१०. तलकामध्ये कुन रुख प्रजाति फर्निचरको लागि राम्रो मानिन्छ ?

- सिसौ

११. तलका चराहरू मध्ये राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसुची १ अनुसारको संरक्षित चरा कुन हो ?

- डाँफे

 

१२. राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

- प्रधानमन्त्री

१३. वन अपराध मुद्धाको अनुसन्धान कसले गर्ने व्यवस्था छ ? - रेन्जर

१४. वन व्यवस्थापनको सिलसिलामा "एक असल नोकर तर खराब मालिक k लाई भनिन्छ ?

- आगो

१५. साझेदारी वनबाट प्राप्त हुने वन पैदावारको बाँडफाँड कुन आधारमा गरिन्छ ?

- ५० प्रतिशत समुह र ५० प्रतिशत नेपाल सरकारलाई

१६. राष्ट्रिय वनमा मनाही नभएको कार्य के हो ?

- पुर्जीअनुसार वन पैदावार निकाल्न

१७. वन ऐन/नियमअनुसार राष्ट्रिय वनमा सामान्यतयाः गर्न हुने काम कुन हो ? '

- ढलापडा रुख हटाउने

१८. तलका महिनाहरूमध्ये कहिले वृक्षारोपण गर्दा सबैभन्दा राम्रो हुन्छ ? - साउन

१९. कुन मृगको नाईटोमा विना हुन्छ ?

- कस्तुरी

२०. नयाँ अद्यावधिक नक्सा आउनुभन्दा पहिला नेपालको क्षेत्रफल कति रहेको मान्दै आइएको छ ?

- ,४७,१८१ वर्ग कि.मी.

२१. नेपालको राष्ट्रिय फुल कुन हो ?

- लालीगुरांस

२२. वन मुद्दा दायर गर्नको लागि अनुसन्धानको सिलसिलामा अभियुक्तलाई कति दिनसम्म थुनामा राख्न सकिने व्यवस्था छ ?

- २५ दिन

२३. काठको आयतन नाम गर्ने मापन इकाई के हो ?

- घन फिट

२४. डिभिजन वन कार्यालयको प्रमुखलाई के भनिन्छ ?

- डिभिजन वन अधिकृत

२५. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो ?

- शे-फोक्सुण्डो

२६. चितवन राष्ट्रिय निकुञ्ज कुन वन्यजन्तुको लागि प्रख्यात छ ?

- गैंडा

२७. नेपालको कति प्रतिशत भूभाग संरक्षित क्षेत्रहरूले ओगटेको छ ? -२३ प्रतिशत

२८. वन रक्षक पद कुन सेवा समुह अन्तर्गत पर्दछ ?

- वन, जनरल फरेष्ट्री

२९. राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा कतिवटा घस्रने जातका जन्तुलाई संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ ?

- 3

३०. वन ऐन, २०४९ को कुन दफामा विना वारेण्ट गिरफ्टार गर्न सकिने व्यवस्था गरिएको थियो ?

- दफा ५९

३१. वन स्रोत सर्वेक्षण गरी सामुदायिक वनको कार्य योजना तयार गर्दा कुन पक्षलाई ध्यान दिनु पर्दैन ?

-प्रशासनिक

३२.सामुदायिक वन उपभोक्ता समुहको वार्षिक आर्थिक कारोबारको लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ति कसबाट हुन्छ ?

- समूहको साधारण सभा

 

३३. सामुदायिक वन उपभोक्ता समूह भित्र फरक-फरक आर्थिक सामाजिक अवस्था भएका उपभोक्ताहरू पहिचान र वर्गिकरण गर्न के विधि अपनाउनु पर्दछ ?

- सम्पन्नता स्तरीकरण

३४. राति श्वासप्रश्वास क्रियामा रुखले कुन ग्याँस बाहिर फाल्छ ?

- कार्वन डाईअक्साइड

३५. वनमा पाईने वनस्पतिहरूको साइज,जात,संख्या तथा वन पैदावारको अवस्था आदिको जानकारी लिन वनमा गरिने नाप जाँच वा लेखा जोखालाई के भनिन्छ ?

- वन स्रोत सर्वेक्षण

३६. वन सम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा राख्ने कार्यलाई के भनिन्छ ?

- हिरासत

३७. हिरासतमा राख्नु नपर्ने कारण........हो।

- दशी प्रमाण नभएमा

३८. एउटा चिरान काठको उचाई ३ इन्च, मोटाई ४ इन्च र लम्बाई १२ फुटको रहेछ अब सो काठको आयतन कति क्युफिट हन्छ ?

-

३९. एउटा जिल्लाबाट अर्को जिल्लामा वन पैदावार ओसारपसार गर्न कसले छोड पूर्जी दिन्छ ?

- डिभिजन वन अधिकृत

४०. कस्तो ठाउँमा काठहरू घाटघद्दी गरिन्छ ?

- मुलबाटो छेउमा

४१.रुख काट्नका लागि निर्धारण गरिएको चार किल्ला सहितको कुनै वन क्षेत्रमा काट्न तय गरिएको रुखहरूमा लगाइने निशानालाई के भनिन्छ ?

- छपान

४२. मुनाबाट वनको पुनः उत्पादन गर्ने प्रमुख उद्देश्य के हो ?

डालेघाँस उत्पादन गर्न

४३.मध्य पहाडी क्षेत्रमा कुन प्रजातीको वृक्षारोपन बढी गरिएको पाइन्छ ?

 - सल्लो

 

४४. एक हेक्टर क्षेत्रफलमा १ मिटर x १ मिटरको दुरीमा बिरुवा रोप्दा कति बिरुवा अटाउँछ ?

-१०००० वटा

४५.सबैभन्दा चाँडै बढ्ने प्रजाती कुन हो ?

- बाँस

४६. नर्सरीको व्याड बनाउँदा साधारणतयाः व्याडको साइज कति हुन्छ ?

-१-१.२ मिटर चौडा र ५-१० मिटर लामो

४७. कुनै रुखको काण्डलाई वृत्ताकार खण्डमा काटेर, खण्डको केन्द्र हुँदै दुवै छेउसम्म लिइने नापलाई के भनिन्छ ?

- व्यास

४८. कुन कुरा वन अपराधमा पर्दैन ?

- वन सर्वेक्षण

 

४९.वन संरक्षण गस्ति गर्दा गस्ति टोलिको समय र संशाधन सदुपयोग गर्न ध्यान पुयाउनु पर्ने मुख्य कार्य के हो ?

- योजना बनाउनु

५०. दिइएका मध्ये सबैभन्दा कम वन जंगलको क्षेत्र भएको जिल्ला कुन हो ?

- भक्तपुर

५१.सामुदायिक वन उपभोक्ता समितिको गठन गर्दा कति प्रतिशत महिला सहभागी गराउनु पर्दछ ?

- ५० प्रतिशत

५२. नेपालको वर्तमान संविधान कहिले जारी गरिएको हो ?

- वि.सं. २०७२

५३. सामुदायिक वनको कार्य योजनाको स्वीकृत कस्ले गर्ने व्यवस्था छ ?

- डिभिजन वन अधिकृत

५४. वन ऐन अनुसार तलका मध्ये कुनचाहिँ वन पैदावार हो? - काठ र दाउरा

५५. तलका कुन प्रजातिको बिउ अंकुरण समयावधि निकै कम हुन्छ ?

- साल

५६. घाट घद्दी स्थल तोक्ने अधिकार ....................... लाई छ ? .. .

- प्रदेश वन निर्देशकको पूर्व स्विकृतिमा डिभिजन वन अधिकृत

५७.राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा वा आवादी क्षेत्रमा भेटिएको घाइते वन्यजन्तुको उद्दार गर्ने मुख्य जिम्मेवारी कसको हो ?

- सम्बन्धित डिभिजन वन कार्यालय

५८.फिल्डस्तरमा सरकारद्वारा व्यवस्थित वनको संरक्षणको जिम्मेवारी कसको हो ?

- डिभिजन वन कार्यालय

५९. हाल प्रचलनमा रहेको वन ऐन अनुसार राष्ट्रिय वनलाई कति प्रकारका वनमा विभाजन गरिएको छ ?

-

६०. वन रक्षकले कस्को मातहतमा रही तोकिएको जिम्मेवारी पुरा गर्नु पर्दछ ? .

- सहायक वन अधिकृत


Download Application .

👇


वन रक्षक तयारी


No comments

Note: Only a member of this blog may post a comment.